डेल्टा भेरियेन्टका बिरामी अस्पताल भर्ना हुने सम्भावना दुई गुणा बढी


१३ भाद्र २०७८, आईतवार
Delta Verient1630229450

काठमाडौं, १३ भदौं । कोरोनाको डेल्टा भेरियेन्टबाट संक्रमित हुने बिरामीलाई अस्पताल भर्ना हुन आवश्यक पर्ने सम्भावना दुई गुणा बढी रहेको नयाँ अध्ययनको डाटाले देखाएको छ । कुनै समय सबैतिर प्रचलित अल्फा भेरियेन्टको तुलनामा डेल्टा अधिक संक्रामक भएकाबारे विज्ञहरुले पहिले नै जानकारी दिइसकेका छन् ।

ल्यान्सेन्टमा प्रकाशित यस ठूलो स्तरको रिसर्चमा यी कारणहरुलेपनि खोप लगाउनु अत्यन्तै महत्वपूर्ण रहेको व्याख्या गरिएको छ । किनकी अहिलेको अवस्थामा डेल्टा नै सबैतिर ठूलो खतरा साबित भइरहेपनि कोभिड खोपले यसबाट समेत गम्भीर बिरामी हुनबाट जोगाउँदछ । धेरै देशहरुमा हाल फैलिरहेको संक्रमण डेल्टा भेरियेन्ट नै रहेको छ ।

यस अध्ययनका लागि ‘पब्लिक हेल्थ इङ्ल्यान्ड (पीएचइ)’ र मेडिकल रिसर्च काउन्सिलले मार्चदेखि अप्रिलका बीच थपिएका ४३ हजार बढी कोभिड संक्रमितहरुबारे रिसर्च गरेको थियो । यसमा अधिकांश संक्रमितहरुले खोप नलगाएको पाइएको थियो ।

त्यस्तै प्रायःलाई अस्पताल भर्ना गर्न आवश्यक परेको थिएन तर डेल्टा भेरियेन्टबाट संक्रमितहरुमा चाहिँ तुलनात्मक रुपमा अस्पताल भर्ना हुने दर बढी रहेको पाइयो । उनीहरु डेल्टाबाट संक्रमित भइसकेपछि अस्पताल भर्ना हुने सम्भावना दुई गुणा बढी रहेको पत्ता लागेको हो ।

तर खोप लगाउनुले यस किसिमका सबै जोखिम कटौति गर्ने विज्ञहरुलेबताइरहेका छन् । यसमा अधिकतम सुरक्षा पाउनका लागि दुवै डोज जरुरी पर्ने उनीहरुले बताए । पीएचइको हालैको विश्लेषणका अनुसार फाइजर खोप लगाइसकेपछि यसले अस्पताल भर्ना हुने जोखिमलाई ९६ प्रतिशतले कम गराउँदछ भने एस्ट्राजनेका खोप लगाएका ९२ प्रतिशतले अस्पताल भर्ना हुनुपर्ने छैन ।

त्यस्तै अन्य रिसर्चहरुलाई हेर्दा लक्षणयुक्त संक्रमितहरु विरुद्ध खोपले दिलाउने सुरक्षा समयसँगै घट्दै जाने भएपनि दुई डोज खोपले डेल्टाका कारण अस्पताल भर्ना हुनुपर्ने या मृत्यु हुने जस्ता अवस्थाबाट अधिक सुरक्षा दिलाउन सक्ने देखिएको छ । दोस्रो डोज लगाएको केही हप्तापछि मात्र कोभिड विरुद्ध खोपले अधिकतम सुरक्षा दिन सक्छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७