लुम्बिनीमा मन्त्रीमण्डल विस्तारको तयारी : भागबन्डा मिलाउन मन्त्रालयको संख्या १३ पुर्‍याइयो


१४ भाद्र २०७८, सोमबार
Pradesh 5 fePYCokem7

बुटवल, १४ भदौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालिएको छ । गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि यहा मन्त्रालयको संख्या पनि बढाइएको छ । आइतबार मात्रै मन्त्रिपरिषद बैठकबाट मन्त्रालयको संख्या १३ पुर्‍याइएको छ ।

लुम्बिनीमा गत साउन २८ गते नयाँ सरकार बनेको हो । कुलप्रसाद केसी मुख्यमन्त्री रहेको यहाको मन्त्रीमण्डल ७ सदस्यीय रहेको छ । अब मुख्यमन्त्रीसहित १३ मन्त्री तथा थप केही राज्यमन्त्री रहने गरी मन्त्रीमण्डल विस्तारको तयारीमा दलहरु जुटिरहेका छन् ।

यहा माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समुहका समेत मन्त्रीमण्डलमा सामेल छन् । अब बिस्तार हुने मन्त्रीमण्डलमा नेकपा एकीकृत समाजवादीका सांसदलाई समेत समेट्ने तयारी गठबन्धनको रहेको छ । यहाँ विगतमा माधव नेपाल पक्षमा खुलेका सांसदहरु नया पार्टीमा सामेल हुनेबारे भने अझै निर्णय गरेका छैनन् ।

यी हुन सम्भावित मन्त्री
यहाँ ७ सदस्यीय मन्त्रिमण्डल रहेकाले अब बिस्तार हुनेमा ६ जना मन्त्री र अन्य केही राज्य मन्त्री रहने छन् । कुन पार्टीबाट कति मन्त्री सहभागि हुने भन्ने मोटामोटी टुंग्याएका यहाका दलहरुले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो छिट्टै लगाउदैछन् ।

अब विस्तार हुने मन्त्रीमण्डलमा माओवादी केन्द्रले साविकको लुम्विनी क्षेत्रबाट पार्टीका प्रमुख सचेतक तुलाराम घर्ती मगरलाई पठाउने सम्भावना रहेको छ । त्यस्तै राप्ती क्षेत्रबाट इन्द्रजित थारु पठाउने तयारी थालेको माओवादी केन्द्रले भेरी क्षेत्रबाट कृष्णा केसी र तिलकराम शर्मामध्ये एक जनालाई पठाउने सम्भावना रहेको छ । माओवादी केन्द्रबाट मन्त्रीको चर्चामा दामाकुमारी शर्मा, सुर्दशन बराललगायत पनि रहेका छन् ।

माओवादी केन्द्रले विमला वलीलाई राज्यमन्त्री बनाउने तयारी पनि गरेको छ । कांग्रेसबाट वीरवहादुर राना, सुरेन्द्र हमाल, वसिउद्दिन खा, निर्मला क्षेत्री र रमा अर्यालको मन्त्री बन्ने चर्चामा छन् । कांग्रेसका कोटामा पर्ने मन्त्रालयमा यीनै मध्येबाट पठाउने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए । त्यस्तै कांग्रेसले रिना नेपाल विकलाई राज्यमन्त्री बनाउने सम्भावना रहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७