३० नम्बरको जर्सीमा मेस्सीको डेब्यु खेल, स्टेडियम खचाखच


१४ भाद्र २०७८, सोमबार
psg vs reims eo6d6zlBRH

काठमाडौं, १४ भदौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट डेब्यु गरेका छन् । गए राति रिम्ससँग भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् ।

रिम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा ३० नम्बरको जर्सीमा उनी मैदान प्रवेश गरेका हुन् । मेस्सीले आफ्नो व्यावसायिक खेल जीवनमा बार्सिलोना बाहेक अर्को टिमबाट पहिलो पटक खेलेका हुन् ।

मैदानमा मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट बिक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सी नेइमारको ठाउँमा मैदान प्रवेश गरेका हुन् ।

खेलमा दोस्रो खेल पनि मैदान पस्दा दर्शकहरु मेस्सीको प्रतिक्षामा थिए । रिम्समाथि पीएसजीले २–० को जित निकालेको छ । दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७