अमेरिकाको लुइजियानामा विनाशकारी आँधी, लाखौं मानिस प्रभावित


१४ भाद्र २०७८, सोमबार
1231630289357

काठमाडौं, १४ भदौं । अमेरिकाको लुइजियाना राज्यमा विनाशकारी आँधी आएको छ । १५० माइल प्रतिघण्टा (२४० किमी प्रतिघण्टा) दरले आएको क्याटगरी फोेरको ‘आइडा’ नामक समुद्री आँधीले लुइजियानाको तटीय क्षेत्र डुबाएको छ ।

पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट बञ्चित भएका छन् । हजारौं मानिस पलायन भएका छन् । मानिसलाई आँधी नसकिने बेलासम्म घरभित्रै बस्न सुझाव दिइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ‘आइडा’ ‘जीवनका लागि खतरनाक’ हुनसक्ने भन्दै तटीय क्षेत्रभन्दा परपर पनि ठूलो क्षति हुनसक्ने बताएका छन् । उनले विद्युत अभावमा हजारौं घरमा आपूर्तिलाई पहिलेकै अवस्थामा ल्याउन केही हप्ता लाग्न सक्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७