जो आज बिहे गर्दै थिए, अघिल्लै दिन अमेरिकी ड्रोन हमलामा मारिए


१४ भाद्र २०७८, सोमबार
nasir najabi wBfYjSHt7c

काठमाडौं, १४ भदौं । अफगानिस्तानको राजधानी काबुलमा आइतबार आतंककारीले कार बम आक्रमण गर्न खोजेको भन्दै त्यसलाई विफल पार्न अमेरिकाले ड्रोन हमला गर्‍यो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १७० जनाको ज्यान जानेगरी गत बिहीबार साँझ काबुलको विमानस्थल नजिक गरिएको बम हमला जस्तै आइतबार पनि गर्न खोजिएपछि त्यो रोक्न आफूले ड्रोन हमला गरेको अमेरिकाले दाबी गरेको छ ।

तर त्यस आक्रमणमा अमेरिकी सेनाकै सहयोगी समेत ९ जना सर्वसाधारण अफगान नागरिक मारिएका छन् । ६ जना बालबालिका छन् । आतंककारी कति जना मारिए वा मारिएनन्, त्यो चाहिँ अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । ‘कार बम लिएर आत्मघाती आक्रमणकारी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अगाडि बढ्दै गरेको’ देखेपछि अमेरिकाले गरेको ड्रोन हमलामा अमेरिकाकै लागि काम गर्ने अनुवादकर्ता जमरे अहमदी र पूर्व अफगान अधिकारी नसिर नजाबी पनि मारिएका छन् ।

जसमध्ये नजाबीको आज (सोमबार) विवाह हुँदै थियो । उनी अफगान सेनामा अधिकृत भइसकेका व्यक्ति थिए । यसअघि पनि अमेरिकी सैनिकले बिहीबार काबुल विमानस्थलमा बम आक्रमण गर्ने आतंकककारी समूह इस्लामिक स्टेटलक्षित ड्रोन हमला गरेको थियो । त्यसमा काबुल विस्फोटका योजनाकार मारिएको दाबी अमेरिकाले गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७