भारतीय फुटबल टोली आज नेपाल आउँदै


१४ भाद्र २०७८, सोमबार
team india1630288923

काठमाडौं, १४ भदौं । भारतीय फुटबल टिम आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आउने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतीय टिम सोमबार दिउँसो नेपाल आइपुग्ने जनाएको छ ।

भारतीय टिम दिउँसो ३ः४५ बजे काठमाडौं ओर्लने छ । भारतले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ । इन्डिया फुटबल फेडेरेसनले मैत्रीपूर्ण खेलका लागि शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

भारतको टोलीमा कप्तान सुनिल क्षेत्री सहितका खेलाडीहरु छन् । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ गतेसम्म हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७