पहिरोले अवरुद्ध नागढुंगा–नौबीसे सडक खण्ड खुल्यो


१४ भाद्र २०७८, सोमबार
nagdhunga Sadak pahiro 1 ILO7QNa33M

काठमाडौं, १४ भदौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबीसे सडकखण्डमा गाडी आवागमन पुनः सुरु भएको छ । त्रिभुवन राजपथअन्तर्गत चिसापानी धारानजिकै सोमबार बिहान पहिरो जाँदा करिब दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

अहिले पहिरोले थुपारिदिएको ढुंगा माटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए । अविरल वर्षासँगै सो सडकखण्डमा हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिव साँढे ५ बजेतिर पहिरो गएको थियो । पहिरोका कारण करिव दुई घण्टा सवारी आवतजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नुपरेको थियो ।

प्रहरी निरीक्षक थापाले अब सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताए । उनले भने, ‘बिहान साँढे ५ बजेतिर पहिरो गयो । ७ बजेतिर वान वे बाटो खुलायौँ। अहिले सडक पूर्ण रुपमा खुलेको छ । अब पहिरोले असर नगर्ला ।’

सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नुपरेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने काम काम भइरहेको छ । पहिरो निरन्तर गईरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरुले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७