सुरक्षा माग गर्दै दाङका चिकित्सक आन्दोलनमा


१४ भाद्र २०७८, सोमबार
Rapti health Academy

दाङ, १४ भदौं । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।

जिल्लाका विभिन्न अस्पतालमा कार्यरत झण्डै ३ सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

डाक्टर सिंहमाथि भएको अभद्र व्यवहारको निजी अस्पतालका चिकित्सकहरूले पनि विरोध गरेका छन् । घटनाका दोषीलाई तत्काल कारबाही नगरे इमेरजेन्सी बाहेकका सबै सेवाहरू बन्द गर्ने नेपाल चिकित्सक संघ, दाङका अध्यक्ष कुवेर रेग्मीले चेतावनी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले दोषीलाई कानुनी दायरामा ल्याउने वचन दिएका छन् । नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सह–संयोजक दिवस क्षेत्रीको समूहले तीनदिन अघि मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७