पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फिर्ता


१४ भाद्र २०७८, सोमबार
jhalanath khanal

काठमाडौं, १४ भदौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज (सोमबार) स्वेदश फिर्ता भएका छन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर खनाल सोमबार नेपाल फर्किका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूले स्वागत गरेका थिए । सो अवसरमा नेता खनालले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफूलाई मिर्गौला दिएर जीवन दान दिने छोरी मेलिना चित्रकारलगायत सबै शुभेच्छुकप्रति आभार प्रकट गरे ।

उनले अब आफ्नो बाँकी जीवन देश र जनताको निम्ति खर्च गर्ने बताएका छन् । नेता खनाल गएको असार २ गते उपचारका लागि दिल्ली गएका थिए । उनी भारतमै रहेको बेला नेकपा (एमाले) विभाजन भएको थियो । खनालले अस्पतालबाटै आफू नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहने भन्दै निर्वाचन आयोगमा सनाखत गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७