अब मधेसमा अरु पार्टी हुने छैनन् : प्रचण्ड


१४ भाद्र २०७८, सोमबार
Prachanda 2

काठमाडौं, १४ भदौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दाबी गरेका छन् । सोमबार काठमाडौंको जोरपाटीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएको जिकिर पनि गरे ।

‘आज तपाईंहरूको पार्टी प्रवेशले के शक्तिशाली सन्देश दिएको छ भने अब मधेसमा अरू पार्टी होइन् । माओवादीले कब्जा जमाउँदैछ’, उनले भने । प्रचण्डले माओवादी पहिलो पार्टी नबनेसम्म राजनीतिक स्थायित्व, समृद्धि, मुक्ति सम्भव छैन भन्ने प्रमाणित भइसकेको बताए । अर्काे प्रसङ्गमा उनले सरकारलाई पूर्णता दिने, मन्त्री बाँडफाटको विषयमा भोलि पनि छलफल हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७