अफगानिस्तान तालिबानको कब्जासँगै २० वर्षपछि घर फर्किए लादेनका निकट सहयोगी


१५ भाद्र २०७८, मंगलवार
osama sahayogi wriWKEhVuV

काबुल, १५ भदौं । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि खुंखार आतंककारी पनि घर फर्किन थालेका छन् । अलकायदाका पूर्व नेता ओसामा बिन लादेनका अति निकट सहयोगी एवं हतियार आपूर्तिकर्ता अमिन उल हक २० वर्षपछि अफगानिस्तानको नांगरहार प्रान्तस्थित आफ्नो घर फर्किएका हुन् ।

९-११ हमलापछि लादेन तोराबोराका गुफामा लुकेका थिए । त्यसबेला अमिन पनि उनकै साथमा थिए । पछि पाकिस्तान गए । २० वर्षपछि अहिले उनी घर फर्किएका हुन् । एक लक्जरी कारमा आएका हकलाई नांगरहारका स्थानीयले भव्य स्वागत गरेका थिए ।

अमिन घर फर्किएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिन, लादेन तथा अलकायदाको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मानिन्थ्यो । सन् २००८ मा उनी पाकिस्तानमा पक्राउ परे । लादेन मारिनुभन्दा लगभग ६ महिनापछि उनी रिहा भएका थिए । उनले २० वर्ष पाकिस्तानमै बिताएको मानिन्छ । रिपोर्टअनुसार अमिनले अलकायदामा सामेल हुनु पहिले सन् १९८० को दशकमा सोभियत संघविरुद्ध पनि युद्ध गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७