जुम्ला–रारा जोड्ने छोटोदुरीको उर्थु पटमारा सडक खण्ड अवरुद्ध


१५ भाद्र २०७८, मंगलवार
rood2021 08 31 06 22 02

जुम्ला, १५ भदौं । नेपालकै एक महत्वपूर्ण पर्यटकीयस्थल मुगुको रारा ताल जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो दुरीको उर्थु पटमारा सडक खण्ड अवरुद्ध भएको हो ।

लगातारको वर्षाले पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जुम्ला उर्थु पटमारा, न्याउरीघाट, बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीयसहित पर्यटकले सास्ती खेप्ने गरेका छन् ।

नाग्म गमगडी सडक भन्दा जुम्ला उर्थु पटमारा सडकबाट मुगु रारा ताल पुग्न करिब ३ घण्टा छोटो पर्छ । आन्तरिक तथा बाह्य पर्यटक पनि उर्थु पटमारा सडक हुँदै राराताल जाने गर्दछन् । पातारासी गाउँपालिका ७ नम्बर वडामा पर्ने विभिन्न गाउँका नागरिक आउजाउ गर्ने मुख्यबाटो पनि त्यहि हो । पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएपछि स्थानीयसँगै पर्यटकलाई पनि आउजाउमा समस्या भएको स्थानीय लाल बहादुर बुढाले बताए ।

उनले भने, ‘आइतबार दिउसो १ बजे पहिरो गएको हो । पहिरोले सडक छेउमै रहेको विद्युत नहर भत्किँदा विजुली पनि अवरुद्ध भएको छ । दैनिक उपभोग्य वस्तु ल्याउन पनि स्थानीयलाई मुस्किल भएको छ । सडक सुचारु हुने टुंगो छैन् ।’ गएको आर्थिक वर्षमा मात्रै निर्माण भएको पक्की पर्खाल भत्किएको बुढाको भनाई छ ।

उनका अनुसार चाँडै पहिरो रोकथाम नगरे बाँकी सबै भत्किने र अन्नबाली लगाएका खेतियाग्य जमिन पनि बग्ने तथा पुर्ण सडक बन्द रहने देखिएको छ । ठेकेदारले काम चलाउ विकास गर्ने भएकै कारण सडक विभिन्न ठाउमा भत्किने गरेको छ । जुम्ला विमालस्थल हुँदै पातारासी क्षेत्रमा बस चलाउँदै आएका चालक कृष्ण बिष्टले जुम्ला हुँदै उर्थु पटमारा सडक हिउदमा धुलाम्मे र वर्खामा हिलाम्ये हुने गरेको बताए ।

पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले विकासमा गुणस्तरीयता नभएकै कारण वर्षदिन नपुग्दै निर्माण भएका संरचना भत्किँदै जाने गरेको बताइन् । जुम्ला हुँदै रारा ताल जाने छोटो मार्गको स्तरवृद्धि तथा सडक सुधारमा प्रदेशले थप लगानी गर्नुपर्ने उनको भनाई छ । पहिरो पन्छाउन आवश्यक पहल गरिने समेत उनले बताइन् । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले अवरुद्ध जुम्ला रारा जोड्ने सडकको उर्थु पटमारा खण्डको अबलोकन गर्दे पहिरो पन्छाउन पहल थाल्ने बताए । विकासमा दिगोपना नहुने समस्या ठेकेदारले निम्त्याएको भन्दै गुणस्तरीय विकासमा जोडदिनु पर्नेमा उल्लेख गरे ।

साँघुरो हिलाम्य विमानस्थल हुँदै उर्थु लासी छुमसम्म दैनिक दुई ठुला बस र चार वटा जीप संचालन हुँदै आएका छन् । सडक बेला बेला अवरुद्ध हुने, भएकै कारण भनेकै समयमा गन्तव्य पुग्न कठिनाई भएको सरोकारवाला सबै मौन रहेको स्थानीय कालीबहादुर महताराले गुनासो गरे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७