जयसिंह धामी बेपत्ताको एक महिना : छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ


१५ भाद्र २०७८, मंगलवार
Jaya shingh dhami drone

दार्चुला, १५ भदौं । दार्चुलाका जयसिंह धामी महाकालीमा बेपक्ता घटनामा कूटनीतिक लाचारी देखाएको सरकारले घटनाको छानबिनमा समेत अस्भाविक ढिलाइ गर्न थालेको छ । धामी बेपत्ता भएको एक महिना पुग्दा पनि न त उनको अवस्था पत्ता लागेको छ न त सरकारको छानबिन प्रतिवेदन नै तयार भएको छ ।

धामी बेपत्ता भएको मंगलबार ठीक एक महिना हुँदै छ । यो अवधिमा सरकारको भूमिका अस्वाभाविक र सन्देहपूर्ण देखिएको छ । दोषीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले भारतसँग कूटनीतिक संवाद नै गरेन । बरु घटनाको छानबिनका लागि गठन गरिएको समितिको म्याद तीन पटक थप ग¥यो । स्रोतका अनुसार मंगलबार फेरि समितिको म्याद थप्ने गृह मन्त्रालयको तयारी छ ।

गत १५ साउनमा सदुमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले डोरी फुकालिदिएकपछि धामी महाकालीमा बेपत्ता भएका थिए । त्यसको दुई दिनपछि १७ साउनमा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७