गौरवका आयोजनाहरूमा ३ खर्ब ४९ अर्ब लगानी, समयमै पूरा भएको छैन उदाहरण


१५ भाद्र २०७८, मंगलवार
fast track

काठमाडौं, १५ भदौं । सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म ३ खर्ब ४९ अर्ब लगानी गरिसकेको छ ।

ती आयोजनामा यो रकम लगानी भइसक्दा हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भए पनि बाढीपहिरोका कारण क्षति हुँदा थप अन्योल देखिएको छ ।

गौरवका यी २ आयोजना बाहेक अन्य आयोजनाहरू लामो समयदेखि निर्माणाधीन अवस्थामा छन् । माथिल्लो तामाकोशी र मेलम्चीबाहेक गौतम बुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भने केही प्रगति देखिएको छ । यी ४ आयोजना बाहेक अन्य आयोजनामा उत्साहजनक प्रगति छैन ।

नेपालमा गौरवका आयोजनाहरू निर्धारित समयमै सम्पन्न भएका उदाहरण नै छैनन् । अर्थविद् सुमन शर्माले समयमा आयोजना सकिए मात्रै त्यसले दिने प्रतिफल राम्रो हुने तर्क गर्छन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७