अमेरिकाले काबुलमा छाड्यो कयौं विमान र गाडी, तर बनाई दियो तालिवानले प्रयोग गर्नै नसक्ने


१५ भाद्र २०७८, मंगलवार
america complete us withdrwal WX6SqJOAvB 1
In this image provided by the Department of Defense, a CH-47 Chinook from the 82nd Combat Aviation Brigade, 82nd Airborne Division is loaded onto a U.S. Air Force C-17 Globemaster III at Hamid Karzai International Airport in Kabul, Afghanistan, Saturday, Aug, 28, 2021. (Department of Defense via AP)

काबुल, १५ भदौं । २० वर्ष लामो युद्धपछि अमेरिका मंगलबारदेखि अफगानिस्तानबाट बाहिरिएको छ । अमेरिकी सेनाको अन्तिम टुकडीलाई कार्गो विमानले बोकेर दुवईतर्फ लगेको हो ।

अमेरिकी सेनाले यसरी अफगानिस्तान छाड्दा कयौं विमान र गाडी पनि छाडेको छ । उसले अफगानिस्तान छाड्ने क्रममा काबुल एयरपोर्टमा रहेका आफ्ना विमान र सैनिक गाडीलाई काम नलाग्ने बनाई दिएको छ । अमेरिकी सेनाले तालिबानले प्रयोग गर्न नमिल्ने गरी विमान र गाडी कवाडीमा परिणत गरेर हिंडेको हो । अमेरिकी सेन्ट्रल कमानका प्रमुख जनरल केनेथ म्याकेजीले काबुलमा रहेका सैनिकका ७३ एयरक्राफ्ट, ७० बख्तरबन्द गाडी र २७ युद्धक बहानलाई निष्क्रिय बनाइएको हो ।

उनका अनुसार अब यी एयरक्राफ्ट अब कहिले उड्ने छैनन् । ती युद्ध सामाग्रीसहितलाई अब कसैले प्रयोगमा ल्याउन सक्ने छैनन् । अमेरिकी सैनिकले काबुल छाड्ने क्रममा अमेरिकी पत्रिका लस एन्जेल्स टाइम्सका एक जना पत्रकारले एयरपोर्टको भिडियो सामाजिक सञ्जालमा हालेका छन् ।

यसमा तालिबानका सदस्यहरु विमानस्थलको ह्यांगरमा पसेर अमेरिकी विमानको अनुगमन गरिरहेको देख्न सकिन्छ । अमेरिकाले यसका साथै काबुलमा रहेको आफ्नो अत्याधुनिक रकेट डिफेन्स प्रणालीलाई पनि निष्क्रिय बनाइदिएको छ । त्यसलाई पनि अमेरिकाले काबुल विमानस्थलमै छाडेर गएको छ ।

यही सी–र्‍याम सिस्टमले अमेरिकी सेनाले सोमवार इस्लामिक स्टेटको एक रकेट हमलालाई विफल पारिदिएको थियो । यसअघि गत साता तालिबान लडाकु ठूलो संख्यामा अमेरिकामा बनेका सैन्य हतियार र गाडीसहित देखिएको फोटो भिडियो सार्वजनि भएका थिए ।
यी साधन खासमा अमेरिकाले अफगान सेनालाई दिएको थियो । तर तिनलाई सजिलै सेनाले तालिबानको जिम्मामा सुम्पिदिएको छ । अहिले अमेरिकाले सेनालाई दिएका तिनै साधन र हतियार तालिबानले चलाइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७