भारत उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० बढी बालबालिकाको मृत्यु


१६ भाद्र २०७८, बुधबार
india

नयाँदिल्ली, १६ भदौं । भारतको उत्तर प्रदेशमा एक साताको अवधिमा ५० भन्दा बढी बालबालिकाको अज्ञात रोगबाट मृत्यु भएको छ ।
उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, जोर्नी दुख्ने, हात र खुट्टामा दागहरु देखा पर्ने लक्षण देखिएका ५० बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको पुष्टी भएको छ ।

उत्तर प्रदेश सरकारले बालबालिकामा पछिल्लो समय देखा परेको यो रोगका बारेमा अनुसन्धान भइरहेको भन्दै डेंगु र लामखुट्टेको टोकाइबाट हुने भाइरलका कारण यो रोग लागेको अनुमान गरेको छ । यसका लागि उत्तर प्रदेश सरकारले भारतका संक्रमण रोग बिशेषज्ञहरुको टोलीसँग छलफल जारी राखेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७