कल्याण गुरुङले आज कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै


१६ भाद्र २०७८, बुधबार
kalyan gurung11630381470

काठमाडौं, १६ भदौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आज (बुधबार) सभापति पदमा उम्मेदवारी घोषणा गर्दै छन् ।
त्यसका लागि गुरुङले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उम्मेदवारी घोषण गर्न लागेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गर्ने र आफ्नो अरू टिम भने पछि सार्वजनिक गर्ने बताइएको छ । कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७