प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


१६ भाद्र २०७८, बुधबार
deuwa cabinet 1

काठमाडौं, १६ भदौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज (बुधबार) बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने ऊर्जामन्त्री पम्फा भुसालले जानकारी दिइन् । स्रोतका अनुसार आजको बैठकमा प्रदेश–१ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७