कोभिड–१९ विरुद्धको प्रतिकार्यमा अमेरिकी युटा नेसनल गार्डको सहयोग


१६ भाद्र २०७८, बुधबार
qfmdmggm1630476515

काठमाडौं, १६ भदौं । कोभिड–१९ विरुद्ध लड्न र मानवीय पीडा कम गर्न अमेरिकाको युटा नेसनल गार्डले नेपाललाई सहयोग गरेको छ । अमेरिकाको युटा एयर नेसनल गार्डका १५१औं एयर फ्युलिङ विङ्गका सदस्यहरूले यूएस ट्रान्सपोर्टेसन कमान्डको डेन्टन प्रोग्रामसँगको समन्वयमा मंगलबार नेपाललाई जीवनरक्षक र मानवीय सहायता सामग्री प्रदान गरेका हुन् ।

कोभिड–१९ महामारीसँग लड्नको लागि आवश्यक सामग्री एवं उपकरणहरू एआरडब्ल्यूका सदस्यहरूद्वारा केसी–१३५ विमानमा ढुवानी गरिएको थियो । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले महामारी सुरु भएदेखि नै अमेरिका नेपालको साथमा उभिएको र कोभिड–१९ लाई रोक्न नेपालले गरेको प्रयालाई सहयोग गर्दै आएको बताए ।

‘आवश्यकताको बेलामा नेपाललाई गरिरहेको सहयोगको यो अर्को उदाहरण हो’, उनले भने । युटा नेसनल गार्ड अमेरिकी सेनाका दुई शाखाहरू एयर नेसनल गार्ड र आर्मी नेसनल गार्ड समावेश गरी बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७