दुई परिवारबीच झडप हुँदा सिरहामा एक महिलाको मृत्यु


१६ भाद्र २०७८, बुधबार

सिरहा, १६ भदौं । सिरहाको कल्याणपुर नगरपालिका–१ डुमरीमा दुई परिवारबीच झडप हुँदा एक महिलाको ज्यान गएको छ । झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो ।

स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

श्रीदेव यादवले बाटोमा भैसीको मल राखेको विषयमा झडप शुरु भएको थियो । झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् ।

घटनामा संलग्न सबैको तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७