रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापतिलाई नियुक्ति पत्र प्रदान


१६ भाद्र २०७८, बुधबार
setapati nieukti patraaa yBmrpnq1zT

काठमाडौं, १६ भदौं । कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्माले नियुक्ति पत्र बुझेका छन् । रक्षा मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन २६ गते शर्मालाई कायममुकायम प्रधान सेनापतिमा नियुक्त गरेकी थिइन् । कार्यक्रममा रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७