लुम्बिनीको प्रदेश सभा ३० गतेसम्म स्थगित


१६ भाद्र २०७८, बुधबार
Lumbini Prasesh

रुपन्देही, १६ भदौं । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाँचौ बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेशसभा बैठक सुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशनसमेत रहेकाले भदौ १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्घ गर्ने अडान छाडेको छैन । नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालिन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेशसभा सचिवालयले भने सचिवालयको रेकर्डमा वली नेकपा माओवादी केन्द्र र शाही स्वतन्त्र राजनीतिक समूह उल्लेख भएकाले एमालेको पत्रको आधारमा उनीहरूलाई पदमुक्त गर्न नमिल्ने जानकारी एमालेलाई गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७