नायक भुवन केसी चोरी मुद्धामा जाकिए


२३ फाल्गुन २०७४, बुधबार
Bhuwan KC height

काठमाण्डौं, २३ फागुन : सदावहार नायक भुवन केसीलाई चोरीको बात लागेको छ । केसीलाई ‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीत चोरीको बात लागेको छ ।Bhuwan KC height

अहिले यही गीत लफडामा परेर प्रहरीकहाँ मुद्धा चलिरहेको छ । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यही गीत अहिले नयाँ फिल्म ‘कृ’ मा हालिएको छ, जसमा भुवनका छोरा अनमोल र नायिका अदिती बुढाथोकीहरु छन् । देश–विदेशमा फिल्म चलाएर करोडौं व्यापार गरिसकेको फिल्म ‘कृ’ ले आफ्नो स्वामित्वमा रहेको उक्त गीत प्रयोग गरे बापत शम्भु प्रधानले कूल आम्दानीको ५० प्रतिशत रकम क्षतिपूर्ति स्वरुप दावी गरेका छन् ।

दावी बमोजिम क्षतिपूर्ति दिंदा पनि एक करोडभन्दा बढी तिर्नुपर्छ । तर, केही दिनअघि ‘कृ’ पक्षका कानुन व्यवसायी र प्रहरीले शम्भुलाई ‘दुई–तीन लाख रुपैयाँ लिनुस्, चूप लागेर बस्नुस्’ भनेका छन् । शम्भुले भने, ‘मेरो सम्पत्ति जथाभावी प्रयोग गरेर उनीहरु पैसा कमाउने, म न्याय माग्न जाँदा भिख मागे जस्तो व्यवहार गर्ने ? त्यस्तो त हुँदै हुँदैन ।’

नायक भुवन केसीले प्रतिलिपी अधिकार हनन् गरेको मुद्धा परेको हो । सोसम्बन्धी ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेका छन्, भुवन केसी र सुवास गिरीले । । मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा छ । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान हुन् । फिल्मका निर्मातामध्ये भुवन पनि एक हुन् भन्ने दावी छ, शम्भुको । तर, भुवन आफू नभएर सुवास निर्माता भएको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७