प्रदेश–२ मा ११ जसपा सांसदले रोजे लोसपा


१६ भाद्र २०७८, बुधबार
Losapa Pradesh 21630492667

जनकपुरधाम, १६ भदौं । प्रदेश–२ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) का ११ सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दलमा सनाखत गरेका छन् ।

सांसद जितेन्द्र सोनलको नेतृत्वमा ११ सांसदले बुधबार सनाखत गरेका हुन् । लोसपासँग हाल २२ सांसद छन् । आज (बुधबार) प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर ११ जना सांसदले लोसपाको पक्षमा सनाखत गराएका हुन् । अनिल झाको श्रीमती डा. डिम्पल झासहित केही नेता बाहिर तथा बिरामी भएका कारण आज सनाखत नगराउने उनको भनाइ छ । ११ जनामध्ये ८ जना निर्वाचन कार्यालय पुगेको र बाँकी सांसद सनाखत गराउन आउँदै गरेको उनले बताए ।

उनका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाट १४ जना सांसद खुलेर लोसपा रोजेका हुन् । जितेन्द्र सोनल, अभिराम शर्मा र डिम्पल झा अर्को दिन सनाखत गराउने पार्टीको आन्तरिक तयारी छ । सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसदको पछि सनाखत हुने सोनलले बताए ।

जसपा एकीकृत हुँदा पूर्व समाजवादी फोरम का ३० र राजपाका २५ गरी ५५ सांसद थिए । जसपा विभाजन भएसँगै महन्थ ठाकुर पक्षले सो दलको आधिकारिकता गुमाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै ठाकुरले लोकतान्त्रिक समाजवादी दल दर्ता गरेका हुन् ।

दल विभाजन भएको २१ दिनसम्म सांसदहरूले दल रोज्न पाउँछन् । लोकतान्त्रिक समाजवादी दल यही भदौ १ गते निर्वाचन आयोगमा दर्ता भएको हो। सो दलले भदौ ९ गते आधिकारिकता पाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७