थप १४ सहित अफगानिस्तानबाट फर्किए ८४७ नेपाली


१६ भाद्र २०७८, बुधबार

काठमाडौं, १६ भदौं । राजनीतिक संकटग्रस्त अफगानिस्तानबाट थप १४ नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट उद्धार भई दोहा–काठमाडौंको कतार एयरको नियमित उडानबाट मंगलबार साँझ ५ जना र आज विहान नौं गरी थप १४ जना स्वदेश फर्केका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म कूल ८४७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन् । काबुलमा उद्दारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रका अनुसार आगमन पश्चात कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७