कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट


१७ भाद्र २०७८, बिहीबार
congress

काठमाडौं, १७ भदौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि (शुक्रबार) बाट शुरु हुँदैछ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन शुरु हुने भएको हो ।

तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक फरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा काँग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ । काँग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ ।

सोहीअनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रबारबाट शुरु हुने भएको हो । यसअघि, केन्द्रीय समिति बैठकले तोकेको कार्यतालिकाअनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख छ । यद्यपि, केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि एक–दुई दिन हेरफेर हुने भएको हो ।

जिल्लामा हुने निर्वाचन मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्नेगरी काँग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ । काँग्रेस नेता मीन विश्वकर्माले १८ बाट शुरु गरेर २३ भदौसम्ममा वडा अधिवेशन सक्न र २७ भदौबाट शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७