घाँस काटिरहेका बेला गैंडाको आक्रमणबाट महिलाको मृत्यु


१७ भाद्र २०७८, बिहीबार

चितवन, १७ भदौं । चितवनको जगतपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको बुधबार दिउँसो गैंडाको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।

स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई बुधबार दिउँसो २ः३० बजे गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७