घरमा जानकारी नदिई निस्किएका दुई बालिकाको शव फेला, साथीसँग सोधपुछ


१७ भाद्र २०७८, बिहीबार
death

रामेछाप, १७ भदौं । रामेछापको खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिको सीमा भएर बहने भटौली खोला र थाक्ले खोलामा दुई बालिकको शव फेला परेको छ ।

बुधबार घरमा आमा बुबालाई जानकारी नै नदिई घरबाट हिंडेका तीन जनामध्ये दुई जना बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले ज्यान जानेमा खाँडादेवी गाउँपालिका–५ पकरवासस्थित तारामणि बस्ने सानु तामाङको ९ वर्षीया छोरी अनिशा तामाङ, सोही वडाका टारबारी बस्ने गोपाल सार्कीको १२ वर्षीया छोरी मनिता सार्की रहेका छन् ।

तामाङको शव भटौली पुल नजिकै र तामाङको थाक्ले खोलामा बुधबार साँझ शव भेटिएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका–७ भटौली स्थित मुगिटारको भटोली र थाक्नले खोलामा दुई बालिकाको शव फेला परेको थियो । घटनाको विषयमा तीन जनामध्ये बाँच्न सफल एक बालिकासँग सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७