वडाध्यक्षको निधन


१७ भाद्र २०७८, बिहीबार
shankar pd chaudhary

सुनसरी, १७ भदौं । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शंकर चौधरीको निधन भएको छ । विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए ।

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । २०७४ सालको स्थानीयतहको निर्वाचनमा चौधरी नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७