संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिबारे आज टुङ्गो लगाइने


१७ भाद्र २०७८, बिहीबार
cholendra 1

काठमाडौं, १७ भदौं । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बस्न पाउने–नपाउने कुराको निरूपण सर्वोच्च अदालतले आज (बिहीबार) गर्ने सम्भावना छ ।

संवैधानिक परिषद् सदस्य समेत रहेका प्रधानन्यायाधीशसिहतविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्चमा भइरहेको छ । तत्कालनी केपी शर्मा ओली नेतृत्वको सरकारका बेला उनी सहभागी बैठकका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने–नपाउने विवादको निरुपणा बिहीबारै टुंगिन सक्ने छ ।

तत्कालीन प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानन्यायाधीशसमेत सहभागी रहेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग राखेर सर्वोच्च अदालतमा रिट परेका थिए । ती रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने निर्णय भएको थियो ।

इजलासमा प्रधानन्यायाधीशको उपस्थितिलाई लिएर अधिवक्ता ओमप्रकाश अर्यालसहितले प्रश्न उठाएका थिए । तयसपछि प्रधानन्यायधीशले इजलास छाडेका थिए । प्रधानन्यायाधीश बस्न पाउनुपर्ने र बस्न नहुने दुवै मागसहित परेका रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो । उक्त रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७