१० बुँदे सहमति टाङमुनि छिराएर हुर्मत लिने ओलीको योजना : माधव नेपाल


१७ भाद्र २०७८, बिहीबार
madhav nepal

काठमाडौं, १७ भदौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकतालाई ‘१० बुँदे’ को भ्रममा नपर्न आग्रह गरेका छन् ।

आज (बिहीबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमति टाङमुनि छिराएर हुर्मत लिने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको योजना भएको आरोप लगाए । उनले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात् गरेर नयाँ ढंगबाट अघि बढ्ने बताए ।

संसद् सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराएपछि नेपाललगायत सांसदहरु बिहीबार कार्यालय पुगेका हुन् । संघीय संसद् सचिवालयले दलका नेता नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाई दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७