तनहुँ, दाङ र कास्कीका प्रजिअलाई गृहमन्त्रीको फोन


१७ भाद्र २०७८, बिहीबार
Balkrishna khad 1

काठमाडौं, १७ भदौं । गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् ।

कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पु¥याएको क्षतिबारे जानकारी लिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहान भएको कार दुर्घटनाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् । तनहुँको भानु नगरपालिका–११ स्थित माने चौकामा सुख्खा पहिरो जाँदा दलित परिवारका १२ घर जोखिममा परेका छन् । कास्कीको पोखरा महानगरपालिका–२० र २१ मा गएको पहिरोमा परेर ५ जनाका पाँच जनाको निधन भएको छ ।

एक जना बेपत्ता भएका छन् । दाङमा सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका बस्ने बिमला केसी, राधा कुँवर, नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मन्त्री खाणलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७