अमेरिकामा सामुद्रिक आँधी : तीन नेपालीसहित ४३ जनाको मृत्यु


१८ भाद्र २०७८, शुक्रबार
A20E6F05 BA24 4C4A A789

काठमाडौं, १८ भदौं । अमेरिकामा बिहीबार आएको सामुद्रिक आँधीमा परेर तीन जना नेपालीको पनि मृत्यु भएको छ । साइडा नामक सामुद्रिक आँधीमा परेर अहिलेसम्म अमेरिकामा ४३ जनाले ज्यान गुमाइसकेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भीषण वर्षापछि अमेरिकाको न्युयोर्क र न्युजर्सी राज्यमा बिहीबार आँधी आएको हो । आँधीपछि आएको बाढीका कारण एकै परिवारका तीन जना नेपालीले समेत ज्यान गुमाएका छन् ।

सोलुखुम्बुको दूधकुण्ड नगरपालिका– २ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामालाई बाढीले बगाउँदा मृत्यु भएको हो । युनाइटेड शेर्पा एशोसिएसन अमेरिकाले फेसबुकमार्फत् दिएको जानकारी अनुसार उनीहरू अमेरिकाको न्युयोर्कमा बस्दै आएका थिए ।

तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो । उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको छ । सोही आँधीको प्रभाव बिहीबार न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा परेको अधिकारीहरुले जनाएका छन्। न्युयोर्क र न्युजर्सी राज्यमा इतिहासकै सर्वाधिक वर्षा भएको छ ।

आँधीपछि आएको बाढीमा होचा घर डुबेका छन् भने कारहरु बगेका छन् । आँधीपछि दर्जनौं उडान स्थगित भएका छन् । बिजुली र इन्टरनेट सेवासमे अवरूद्ध भएपछि ती राज्यमा जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकामा सन् २०१२ मा स्यान्डी आँधीले ठूलो क्षति पु¥याएको थियो । आँधीले जनजीवन अस्तव्यस्त बनेपछि न्युजर्सीमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७