बानेश्वरस्थित बागमती नदीमा शव फेला


१८ भाद्र २०७८, शुक्रबार
death

काठमाडौं, १८ भदौं । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ । बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७