मकवानपुरको कर्राखोलाले ट्रक बगायो, दुई जना वेपत्ता


१८ भाद्र २०७८, शुक्रबार
truck trisuli 650x325 1

मकवानपुर, १८ भदौं । मकवानपुरको कर्राखोलाले ट्रक बगाउँदा दुई जना वेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलाले ट्रक बगाउँदा दुई जना वेपत्ता भएका हुन् । शुक्रबार बिहानदेखि परेको वर्षाका कारण कर्राखोलामा आएको बाढीले शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख १४४० नम्बरको ट्रक बगाएको हो ।

बाढीले ट्रकसँगै ट्रकमा सवार दुई जना बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय गणेश थापा मगरलाई बगाएको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७