गाउँपालिकाका उप–प्रमुखद्वारा कांग्रेस परित्याग


१९ भाद्र २०७८, शनिबार
1 unnamed J3yWJCECTL

गोरखा, १९ भदौं । गोरखाको भीमसेन थापा गाउँपालिकाका उप–प्रमुख विनु वाग्लेले नेपाली कांग्रेस पार्टी परित्याग गरेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप–प्रमुख बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्; ‘आजबाट नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु ।’

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा आज देशैभर वडा पार्टी स्तरीय अधिवेशन भएको थियो । जस अनुरूप गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा पनि बिहीबार वडा स्तरीय अधिवेशन भएको हो । विभिन्न विवाद बीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उप–प्रमुख वाग्लेले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन् । यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाइएकी छैनन् ।

वाग्ले गत स्थानीय निर्वाचनमा गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकाबाट माओवादी केन्द्रका उम्मेदवार लीला श्रेष्ठलाई करिब ९ सय मतले पराजित गरी विजय भएकी थिइन् । भीमसेन थापा गाउँपालिका –१ मसेलमा ३३७ जना नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू छन् । जस अनुसार अल्पसंख्यक र मुस्लिमसहित २८ जना केन्द्रीय प्रतिनिधिमा छनोट भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७