तालिबानी त्रासबीच अफगानी महिला सडकमा, राष्ट्रपति भवन अगाडि प्रदर्शन


१९ भाद्र २०७८, शनिबार
Afganistan women

काबुल, १९ भदौं । अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच नै पनि महिलाहरु सडकमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारमा महिलालाई पनि सामेल गराउन माग गरेका छन् । उनीहरुले अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर प्रदर्शन गरेका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।

उनीहरुले पुरुष सरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन् । बीस वर्ष अगाडीको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।

त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जान समेत रोक लगाइएको थियो । तालिबानले उसको शासन इस्लामी कानून अर्थात् शरियाअनुसार हुने जनाएको छ । तालिबानले काबुल कब्जा गरेलगत्तै महिलालाई घरमै बस्न उर्दी समेत जारी गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७