‘द मम् –व्युटी कन्टेस्ट’ का लागि आवेदन खुला


१९ भाद्र २०७८, शनिबार
The Mom 2

काठमाडौं, १९ भदौं । आमा भइसकेका नारी र महिलाहरुको क्षमताको विकास गर्न मोडल सङ्स नेपालले ‘द मम् –व्युटी कन्टेस्ट’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि आयोजकले आवेदन समेत खुला गरेको छ ।

मोडल सङ्सले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्थासहित भाद्र १८ गते शुक्रबारदेखि प्रतियोगिताको आवेदन खुला गरेको हो ।
प्रतियोगितामा भाग लिन इच्छुक महिलाहरुले अनलाइनमार्फत वा मोडल सङ्सको कार्यालय कामपा–२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिलसिंह राजपुतले बताए ।

‘इच्छुक महिलाहरुले एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’, उनले भने । सहभागीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले तालिम प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७