मोदीको नामअघि ‘श्री’ नलगाउँदा सैनिकको तलव चट


२३ फाल्गुन २०७४, बुधबार
ssb

काठमाडौं, २३ फागुन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामको अगाडि ‘श्री’ नलगाएकाले सीमा सुरक्षा बलका एक जना जवानको सात दिनको तलब काटिएको छ । ssb

भारतीय पत्रिका टाइम्स अफ् इण्डियाका अनुसार फ्रेब्रुअरी २१ मा पश्चिम बंगालको नदियाको महातपुरमा बीएसएफको १५ औं बटालियन को परेड चलिरहेको थियो । परेडका क्रममा बीएसएफ जवान सञ्जीव कुमारले रिपोर्ट गर्ने क्रममा ‘मोदीको कार्यक्रम’ भनेका थिए । सञ्जीब कुमारलाई बीएसएफ एक्टको धारा ४० अनुसार ‘दोषी’ पाइयो । सजाय स्वरुप उनको सात दिनको तलब काटिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७