सल्यानका ६४ जनप्रतिनिधि एमाले त्यागेर एकीकृत समाजवादीमा


१९ भाद्र २०७८, शनिबार
E

सल्यान, १९ भदौं । सल्यानका ६४ जनप्रतिनिधिहरुले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनीहरुले एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादीले सल्यानका स्थानीय तहका ६४ जना जनप्रतिनिधिहरूले सनाखत गरेको पुष्टि गरेको छ । एकीकृत समाजवादीले ट्विटरमार्फत् पालिका अध्यक्ष १, उपाध्यक्ष १, वडा अध्यक्ष १६ र सदस्यहरू ४६ जनाले एकै दिन सनाखत गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७