रेग्मीलाई बीपी साहित्य सम्मान


१९ भाद्र २०७८, शनिबार
bp koirala 53SiNFwjz1

काठमाडौं, १९ भदौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कार आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएका कवि रेग्मीका कविता संग्रहहरुसँगै साहित्यिक कृतिहरु प्रकाशित छन् । नेपाली साहित्यमा पुर्‍याएको योगदानको सम्मान गर्दै रेग्मीलाई पुरस्कार दिने निर्णय गरिएको ट्रष्टले जनाएको छ ।

ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने बीपी सेनानी पुरस्कार भक्तपुरका प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थलाई दिने निर्णय गरेको छ । लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनस्र्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार दिने निर्णय गरिएको ट्रष्टले जनाएको छ ।

दुवै पुरस्कार बीपी जयन्तीको दिन अर्थात भदौ २४ गते प्रदान गरिने बताइएको छ । पुरस्कारको राशी एक लाख एक हजार र ५१ हजार रुपैयाँ रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन सदस्य रहेको सिफारिस समितिले सर्वसम्मतिबाट पुरस्कार वितरणको निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७