अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ : डा. बाबुराम भट्टराई


२० भाद्र २०७८, आईतवार

काठमाडौं, २० भदौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।

देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं ! ख्याल राखौं–अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७