उत्तर कोरियाद्वारा ३० लाख डोज खोप अस्वीकार


२० भाद्र २०७८, आईतवार
north korea rejects 30 million doese of covid vaccines1630806969

काठमाडौं, २० भदौं । कोरोना भाइरसबाट बढी प्रभावित अन्य मुलुकलाई खोपको आवश्यकता धेरै भएको भन्दै उत्तर कोरियाले ३० लाख डोज खोप अस्वीकार गरेको छ ।

संयुक्त राष्ट्र संघको ‘कोभ्याक्स’ खोप वितरण कार्यक्रम अन्र्तगत युनिसेफले त्यहाँ खोपको सिपिङ गराएको थियो । तर, उत्तर कोरियाको स्वास्थ्य मन्त्रालयले कोभ्याक्सबाट प्राप्त झण्डै ३० लाख डोज साइनोभ्याक कोभिड खोप कोरोनाबाट अति प्रभावित मुलुकमा प्रतिस्थापन गर्न भनेको हो । विश्वव्यापी खोप आपूर्ति सीमित रहेको कुरालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।

साथै आगामी महिनाहरुमा खोप प्राप्त गर्न उत्तर कोरियाले कोभ्याक्स अभियानसँग सम्पर्क गरिरहने पनि बताएको छ । यस वर्षको सुरुवातमै कोभ्याक्स कार्यक्रममार्फत उत्तर कोरियालाई एस्ट्राजेनेका खोपको २० लाख डोज पठाउने तय भएको थियो । तर, रगत जम्ने सम्बन्धी दुर्लभ समस्याबारे चारैतिरबाट खबर आएपछि प्योङयोङले खोप अस्वीकार गरेको थियो ।

दक्षिण कोरियाली थिंक ट्यांकका अनुसार वास्तवमा उत्तर कोरियाले चिनियाँ खोपप्रति पूर्ण विश्वसनीयता जनाउन सकिरहेको छैन र त्यसको सट्टा रुसमा निर्मित स्पट्निक भी बिना शुल्क प्राप्त गर्न चाहन्छ । हालसम्म पनि उत्तर कोरियाले कोभिडबाट संक्रमित बिरामीहरुको आधिकारिक संख्याबारे कुनै जानकारी दिएको छैन तर विज्ञहरुले त्यहाँ कोभिडका कुनै बिरामी नहुनु असम्भव भएको भन्दै शंका जनाइरहेका छन् ।

गत जुनमा मात्र उत्तर कोरियाली प्रमुख किम जोङ उनले आफ्ना अधिकारीहरुलाई महामारीका समयमा गैरजिम्मेवार भएको र लापरबाही गरेको भन्दै कडा शब्दमा आलोचना गरेका थिए जसले पनि भाइरस उत्तर कोरियासम्म पुगिसकेको संकेत दिन्छ । – इन्साइडर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७