बाढीले अटो बगाउँदा बेपत्ता बालिकाको शव ९ किलोमिटर तल भेटियो


२० भाद्र २०७८, आईतवार
badhi
फाइल फोटो

उदयपुर, २० भदौं । बाढीले बगाएर आज (आइतबार) विहान बेपत्ता बालिका मृत फेला परेकी छिन् । ७ बजे बिहान स्थानीय भालुखोलामा एक्कासी आएको बाढीले अटो रिक्सासहित बगाएर बेपत्ता भएकी त्रियुगा नगरपालिका–७ चुहाडेकी १३ वर्षीया याशिका राईलाई प्रहरीले भर्खरै मृत अवस्थामा फेला पारेको जनाएको छ ।

स्थानीय यमकुमार राईकी छोरी यशिका खोलाछेउमा फसेको १ नं. प्रदेश ०५–००१ ह ०१२७ नं. को अटो झिक्न भनेर घर परिवारका सदस्यसँगै गएकी थिइन् । अटो झिक्दै गर्दा एक्कासी उर्लेर आएको बाढीले अटोसहित उनलाई बगाएको थियो । बाढीले परिवारका ३ जना सदस्यलाई अटोसहित एकैचोटी बगाएकोमा दुई जना निस्कन सफल भएका थिए भने अटो ५ सय मिटर तल फेला परेको थियो । उनी भने बेपत्ता भएकाले प्रहरीले खोजी कार्य थालेको थियो ।

खोजीका लागि परिचालित जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी कमाण्डको टोलीले साढे ८ बजे उनलाई मृत अवस्थामा फेला पारेको जनाएको छ । घटनास्थलभन्दा ८ किलोमिट दक्षिण त्रियुगा नगरपालिका ९ गहिरुनस्थित त्रियुगा खोलामा जमेको पानीमा उनको शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले शव आफन्तलाई जिम्मा दिइसकेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७