टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने आईसीसीको निर्णय


२७ आश्विन २०७४, शुक्रबार
ICC

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने निर्णय गरेकाे छ । अकल्याण्डमा सम्पन्न गभर्निङ बडीको बैठकको अन्तिम दिन क्रिकेटमा द्विपक्षीय श्रृङ्खलाको औचित्य सकिएको आवाज उठिरहेका बेला आईसीसीले यस्ताे निर्णय गरेकाे हाे ।

ICC

सन् २०१९ को एकदिवशीय विश्वकप पछि टेष्ट बरियताका शीर्ष ९ टोलीले अप्रिल २०२१ सम्म टेष्ट विश्व च्याम्पियनसिपमा खेल्नेछन् । प्रतियोगिताको शीर्ष दुई टोलीले च्याम्पियनसिपको फाइनल खेल्नेछ ।  च्याम्पियनसिपमा सहभागी सबै टिमले २ वर्षको दौरान ३ होम र ३ अवे टेष्ट सिरिज खेल्नेछन् । सिरिजमा कम्तिमा २ देखि बढीमा ५ टेष्ट म्याच सामेल हुनेछ ।

त्यसैगरी एकदिवसीय लिग बरियताअनुसार १३ टोलीले खेल्नेछन् । सन् ०२०(२१ को सिरिज दुई वर्षको हुनेछ र ०२३ को एकदिवसीय विश्वकपपछि सिरिजलाई तीन वर्षमा विस्तार गरिनेछ । प्रत्येक टोलीले आठ सिरिज खेल्नेछन्, प्रत्येक सिरिजमा बढीमा तीन खेल हुनुपर्नेछ ।

आईसीसीका अध्यक्ष शशांक मनोहरले भनेका छन्, ‘यो पहिलो पटक होइन कि आईसीसीले द्विपक्षीय क्रिकेटबारे चिन्ता गरेको । तर यो पहिलो पटक हो, आईसीसीले यसबारे कारबाही सुरु गरेको ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७