नख्खु कारागारमा नाइके र कैदीबीच झडप


२० भाद्र २०७८, आईतवार
nakhu karagar

ललितपुर, २० भदौं । ललितपुरको नख्खु कारागारमा कैदीबीच झडप भएको छ । आइतबार दिउँसो कैदीबीचमै झडप भएको ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए । कारागारका नाइके र कैदीबन्दीबीच झगडा भएको छ । कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको प्रहरी स्रोतले बतायो ।

अहिले त्यहाँ थप प्रहरी पठाइएको छ । कारागारको सुविधाको विषयमा नाइके, भाइ–नाइके लगायतसँग असन्तुष्टि राख्दै अन्य कैदीले आक्रमण गरेको बताइएको छ । झडपमा गम्भीर घाइते कोही पनि नभएको प्रहरीले जनाएको छ । अहिले कारागार प्रशासनले दुवै पक्षलाई राखेर छलफल गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७