एनएमबि बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्स ‘ग्रीन डिल अफ द इयर २०२१’ उपाधि


२० भाद्र २०७८, आईतवार
nmb bank

काठमाडौं, २० भदौं । एनएमबि बैंक सिंगापुरको एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले पुरस्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’ को उपाधिबाट सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगमसँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रूपमा सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय वित्त निगमसँग सम्झौताअन्तर्गत एनएमबि बैंकले आईएसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरूमा कर्जा प्रवाह गर्छ । एनएमबि बैंकले ग्रीन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरूप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरेबापत प्राप्त गरेको हो ।

एनएमबि बैंक हाल कार्बन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंकमध्येको एक मात्र बैंक रहेको छ । बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकतासहित कागजको प्रयोगलाई न्यूनीकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागि अग्रसर रहेको छ ।

‘एनएमबि बैंक वातावरणमैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं’, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७