बिरिङ खोला किनारमा आमा–छोराको शव भेटियो


२० भाद्र २०७८, आईतवार

झापा, २० भदौं । झापाको कन्काई नगरपालिका– ७ बिरिङ खोलामा आज (आइतबार) आमा–छोराको शव फेला परेको छ । शव विराटनगर घर भई हाल कन्काई– ८ मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाई वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ ।

मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन् । शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट हिंडेकी विक र बालकको शव बिरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

बिरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाएलगत्तै घटना स्थल पुगेको प्रहरीले आमा–छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला पारेको थियो । प्रहरीले उनले बच्चासहित खोलामा हाम फालेको हुन सक्ने आशंका गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७