नेपाल–भारतबीचको खेल हेर्न एमाले अध्यक्ष ओली पुगे रङ्गशाला


२० भाद्र २०७८, आईतवार
kp sharma oli

काठमाडौं, २० भदौं । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण फुटवल खेल हेर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला पुगेका छन् ।

उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् । ओली गृहमन्त्री बालकृष्ण खाँणसँगै पुगेका थिए । दुवैलाई राखेप सदस्य सचिव रमेश सिलवालले स्वागत गरेका थिए । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) भइरहेको छ । यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७