‘अफगानिस्तानमा छुटेका अमेरिकीलाई तालिबानले खोजीखोजी मारिरहेका छन्’


२० भाद्र २०७८, आईतवार
taliban goli UmU8L3lCth

काबुल, २० भदौं । अमेरिकी सेनाले अफगानिस्तान छाडिसकेका भए पनि एक सयदेखि दुई सय जना जति पासपोर्टधारी अमेरिकी नागरिक त्यहीं छुटेका छन् । जसलाई तालिबानका लडाकुले घरघर गएर खोजीखोजी मारिरहेका छन् ।

उद्धार अभियान अन्त्य भएपछि अफगानिस्तानमै छुटेकी एक अमेरिकी महिलाले मिडिया ग्रुप भ्वाइस अफ अमेरिकासँग उक्त कुरा बताएकी हुन् । २५ वर्षीया नसिरा अमेरिकाको क्लालिफोर्नियकी बासिन्दा हुन् । उनीसँग अमेरिकी पासपोर्ट छ । परिवारलाई भेट्न र विवाह गर्न उनी २०२० जुनमा अफगानिस्तान गएकी थिइन् । अहिले उनी गर्भवती छिन् ।

नसिरालाई थाहा छैन– अब अगाडि के होला ? कुनै बेला क्यालिफोर्निया फर्किन पाउँछिन् वा जीन्दगीभर अफगानिस्तानमै बस्नुपर्ला ? उनले भनिन्, ‘थाहा छैन, कहिलेसम्म बाँचिएला !’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७